स्थापनाकालमा सञ्जालको मूल उद्देश्य
- संघीय लोकतान्त्रिक गणतन्त्र, दीगो शान्ति र मानव अधिकारको स्थापना गर्ने।
- राजनीतिक दल र राज्यका सम्पूर्ण क्षेत्र तथा संरचनाहरुमा जनसंख्याको आधारमा महिलाको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने ।
- महिला अधिकारका पक्षमा भएका सबै राष्ट्रिय, अन्तराष्ट्रिय सन्धि सम्झौताहरु प्ूार्णरुपमा पालना र कार्यान्वयन गराउन पहल र संघर्ष गर्ने ।
उद्धेश्यहरु
- संघिय लोकतान्त्रिक गणतन्त्र, दिगो शान्ति र मानव अधिकारको सुनिश्चितता गर्ने ।
- राजनीतिक दल र राज्यका सम्पुर्ण क्षेत्र तथा संरचनाहरुमा जनसंख्याको आधारमा महिलाको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने ।
- नया“ संविधानमा व्यवस्था भएका महिलाका हक अधिकारलाई सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्ने ।
- संविधानमा उल्लेख भएका महिला अधिकार सम्बन्धी प्रवधान मुताविक कानुन निर्माण एवं विभेदकारी काननको संशोधन तथा खारेजी र त्यसको प्रभावकारी कार्यान्वयनको लागि दवाब सिर्जना गर्ने ।
- शान्ति प्रक्रियामा महिला सहभागिता सुनिश्चित गर्ने ।
- महिलाको समानुपातिक प्रतिनिधित्वको अभियानलाई सफल पार्ने आन्दोलन स्थानीय तह सम्म पु¥याई बलियो बनाउन ७५ वटै जिल्लाका क्षेत्र, नगर र गाउ“ तह सम्म संरचनाहरु निर्माण गर्ने ।
- राजनीतिक दलहरुलाई नीति निर्माण गर्न र निर्णय तहमा महिलाहरुको समान सहभागिता गराउने नीति निर्माणको लागि तयार गर्ने ।
- महिलाको अधिकार विशेष गरी राजनीतिक अधिकारको लागि वकालत, वहश, पैरवी र संरक्षण गर्ने ।
- महिलाको ऐतिहासिक राजनीतिक भूमिकाको सम्वन्धमा अध्ययन अनुसन्धान गर्ने ।
- सञ्चार माध्यमहरुलाई लैङ्गिक समवेदनशिलता अभिवृद्धि र असमानता विरुद्ध जनचेतना अभिवृद्धिका लागि अभिप्रेरित गर्ने ।
- लैङ्गिक समानताका लागि समुदायमा, आधारित राष्ट्रिय, क्षेत्रिय, र अन्तराष्ट्रिय क्षेत्रका सञ्जाल तथा संघ सस्थाहरुसँग समन्वय गर्ने ।
- अन्तर पार्टी महिला सञ्जालका सदस्यहरुको क्षमता अभिवृद्धि गरी संस्थागत विकास गर्ने र महिला हिंसा मुक्त नयाँ नेपाल निर्माण गर्ने ।